सुनको भाउ प्रतितोला पाँच सयले वृद्धी

१५ मंसिर ७९, बिहीबार

१५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top