१५ मंसिर ,काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो ।नेप्से सूचकमा वृद्धि भएसँगै यता कारोबार रकममा समेत आज बढोन्नती आएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ११ अंकमाथिले बढेको बजारमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी नविल बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँ बराबरको ९१३ कित्ता सेयर कारोबार भएको छ भने सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र निर्जीवन बीमा समूह बाहेक अन्य १० वटा समूहको उपसूच धनान्तमक भएका छन् ।