Nepal Times
Nepal Times
144
Shares

क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

१५ मंसिर ,काठमाडौं ।

क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बिहिबार ११ बजेदेखी नागरिक उड्डयन प्राधिकरणले क्यालिब्र्रेसन उडान सञ्चालन गरेको थियो । मध्यान्ह १ बजे क्यालिब्र्रेसन यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ ।

क्यालिब्रेशनका कारण आधा घण्टादेखि ४५ मिनेटसम्म उडान र अवतरण प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उडान अवधिभर विमानस्थल प्रभावित भएको थियो । ‘विहान मौसमका कारण उडान, अवतरण प्रभावित भयो’ प्रवक्ता सिटौला भन्छन्– ‘केही उडान ४५ मिनेटसम्म प्रभावित भएका छन् ।’

थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको छ । क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडिन उपकरणले काम गरे नगरेको परीक्षण गर्छ । क्यालिब्रेसन उडानमार्फत लोकलाइजर सिंग्नल ठिक छ वा छैन भनेर परीक्षण गरिएको प्रवक्ता सिटौलाले जानकारी दिए । बिहीबार अन्तर्राष्ट्रिय तर्फ ७९ र आन्तरिकतर्फ २ सय ९६ वटा उडान र अवतरण हुने सेड्युल थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.