पुस ८ र ९ गते सुर्खेतमा हुने पत्रकार महासंघको साधारणसभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

१४ मंसिर ७९, बिहीबार

१५ मंसिर,काठमाण्डौ ।

नेपाल पत्रकार महासंघको यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाट राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।महासंघको बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले सो कुराको जानकारी गराएको हो । साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ ।

बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको टोली साधारण सभाबारे जानकारी लिनका लागि सुर्खेत आएको छ ।वीरेन्द्रनगरको सिटी हलमा हुने साधारण सभामा देशभरका ६०० पत्रकार सहभागी हुने बताइएको छ । यस्तै पत्रकार महासंघ सुर्खेतले पनि साधारण सभाको आवश्यक तयारी गरिरहेको सुर्खेत शाखाका सचिव ललित बुढाले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top