×

NEPAL TIMES UPDATES

Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026

समानुपातिकमा ३ लाख पुर्याउन माधवलाई हम्मे

१५ मंसिर २०७९

१५ मंसिर,काठमाण्डौ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत देशभरको समानुपातिकतर्फको मतगणना जारी छ। बिहीबार बेलुका सम्म १ करोड ३ लाख ४६ हजार ८१७ मत गणना भइसकेको छ। जारी मतगणनामा एमालेले सबैभन्दा बढी २७ लाख ६१ हजार ६४८ मत पाइसकेको छ।

त्यस्तै, कांग्रेसले २६ लाख ६० हजार ७८३, माओवादी केन्द्रले ११ लाख ६० हजार ७८३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १४ हजार २५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८४ हजार ९६९ र जसपाले ४ लाख २० हजार ७५० मत पाइसकेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ न्युन मत पाएको देखिन्छ।

Advertisement
Advertisement

सदर मतको ३ प्रतिशत अर्थात् थ्रेस होल्ड कटाउन पनि मुस्किल पर्ने देखिएको सो दलले बिहीबार बेलुकासम्म २ लाख ९३ हजार ९०५ मत पाएको देखिन्छ। प्रत्यक्षतर्फ र समानुपातिकतर्फ एकीकृत समाजवादीको मत अनुपातमा निकै अन्तर देखिन्छ। प्रत्यक्षतर्फ सो पार्टीका १० उम्मेदवारले जित निकालेका छन्। उनीहरु सबैले सत्ता गठबन्धनको सहयोगमा निर्वाचन जितेका हुन्।

त्यस्तै, गठबन्धन र एकल रुपमा प्रतिस्पर्धामा होमिएका उसका ११ उम्मेदवार पराजित भए। पराजित भएका ११ उम्मेदवारहरुले पाएको कुल मत १ लाख ६९ हजार ११० छ। यसरी एकीकृत समाजवादीका २१ उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत ४ लाख ३६ हजार २० छ। तर, विजेता र पराजित उम्मेदवारहरुकै क्षेत्रमा एकीकृत समाजवादीको समानुपातिकतर्फ भने न्युन मत पाएको देखिन्छ।

एकीकृत समाजवादीका विजयी १० उम्मेदवारको क्षेत्रमा ४४ हजार ६०३ मत खसेको देखिन्छ। पराजित ११ उम्मेदवारको क्षेत्रमा ३२ हजार १९५ मत खसेको छ। यसरी अहिलेसम्म ती २१ उम्मेदवारको क्षेत्रमा एकीकृत समाजवादीले पाएको समानुपातिक मत ७६ हजार ७९८ छ।

जबकि, यिनै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारले पाएको मत ४ लाख ३६ हजार २० छ।आफ्ना २१ उम्मेदवारले आफ्नो क्षेत्रमा पाएको कुल मत जति छ, एकीकृत समाजवादीले देशभरबाट समानुपातिकतर्फ त्यति मत पनि पाउन सकेको छैन। यस्तै नेकपा एसले समानुपातिकमा प्रतिनिधिसभातर्फ भन्दा प्रदेशसभामा धेरै मत पाएको छ ।

प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन बल गरिरहँदा तुलनात्मकरूपमा प्रदेशसभामा धेरै मत ल्याएको हो । एसले प्रदेश समानुपातिकतर्फ ३ लाख ६६ हजार ९५२ मत ल्याएको हो । प्रदेश समानुपातिक मतलाई हेर्दा नेकपा एसले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएको छ भने गण्डकीमा कमजोर देखिएको छ । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा थ्रेस होल्ड कटाउनुपर्ने व्यवस्था छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए ।

Advertisement

जसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसरी हेर्दा समाजवादीले थ्रेस होल्ड कटाउन अझै १० हजारको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ । अब बाजुरा, स्याङ्जा र दोलखाको अन्तिम मतपरिणाम आउन बाँकी छ । नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन्।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top