विश्वकपः आज प्रि–क्वाटरफाइनलका दुई खेल

१७ मंसिर, एजेन्सी ।
एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । शुक्रबार राति दक्षिण कोरिया र स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि–क्वाटरफाइनलको समिकरण पूरा भएको छ । प्रि–क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो । समूहमा नेदरल्यान्ड्स अपराजित रहेर नकआउट चरणमा स्थान बनाउँदा अमेरिका पनि अपराजित नै रहेर अन्तिम १६ मा स्थान बनाउन सफल टोली हो । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ । यस्तै अर्काे खेलमा समूह ‘सी’ को विजेता अर्जेन्टिनाले समूह ‘डी’ को उपविजेता अष्ट्रेलियासँग खेल्दैछ ।

खेल अहमेद विन अली स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ । दुवै टोली क्वार्टर फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछन् । पहिलो भेटमै अर्जेन्टिनालाई पराजित गरेको अस्ट्रेलिया जित दोहोर्याउँदै विश्वकपमा इतिहास रच्ने दाउमा हुनेछ । कतारमा निराशाजनक सुरुवात गरेका दुवै टोलीले उत्कृष्ट पुनरागमन गरेका हुन् । पहिलो खेलमा अस्ट्रेलिया फ्रान्ससँग पराजित हुँदा नकआउटको सम्भावना कमजोर भएको थियो ।

Advertisement

तर पछि उसले बलिया ट्युनिसिया र डेनमार्कलाई समान १–० ले पराजित गर्दा अघिल्लो चरण सम्भव भएको हो । पूर्व विश्वविजेता अर्जेन्टिनाको पनि अघिल्लो चरणसम्मको यात्रा यस्तै भयो । पहिलो खेलमा कमजोर मानिएको साउदी अरेवियासँग २–१ ले पराजित भएको थियो । तर त्यसपछिका खेलमा उसले सुधार गर्यो ।

मेक्सिको र पोल्याण्डालाई समान २–० ले पराजित गर्दा अर्जेन्टिना पनि समूह विजेताका रुपमा अघिल्लो चरण आइपुगेको हो । अर्जेन्टिनका लागि समूह चरणबाटै बाहिरिनु अकल्पिनीय थियो । समूह सीमा मेक्सिकोले साउदीलाई पराजित भएपछि र पोल्याण्डलाई पराजित गरेसँगै शीर्षस्थान सुनिश्चित गर्यो । उता अस्ट्रेलिया पनि कतारमा सुरुवातबाट निराश थियो ।

Advertisement

फ्रान्सविरुद्ध ९ औं मिनेटमै अग्रता लिएपनि त्यसपछि फ्रान्सले अस्ट्रेलियाको पोष्टमा जोगाइनसक्नु आक्रमण गर्यो । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले थप २ गोल गर्दै अस्ट्रेलियाको सुरुवात निराशाजनक बनाइदिएको थियो । तर ट्युनिसिया र डेनमार्कलाई पराजित गर्दै अघिल्लो यात्रा तयाग र्यो । समूहका ३ खेलमा ३ गोल गरेको अस्ट्रेलियाले ४ गोल खाएको थियो ।

अर्जेन्टिनाले ५ गोल गर्दा विपक्षीबाट २ गोल खाएको थियो । अहमद बिन अली स्टेडियममा उत्रिँदा अर्जेन्टिना तेस्रो उपाधिको लक्ष्यमा अगाडी बढ्न चाहन्छ । अस्ट्रेलिया पनि दुई पटकको विश्व विजेतालाई रोक्दै पहिलो पटक अन्तिम ८ मा पुग्ने दाउमा हुनेछ । यद्यपि, दक्षिण अमेरिकी पावरहाउससँग ७ पटक भिड्दा यसअघि अस्ट्रेलियाले एक पटक मात्रै सुखद नतिजा हात पारेको छ ।

१९८८ मा भएको पहिलो भिडन्तमा अस्ट्रेलियाले बाजि मारेको थियो। चार्ली यान्कोसको दुई गोल मद्दतमा अस्ट्रेलिया ४–१ ले विजयी भएको थियो। यो नै उसको ऐतिहासिक जित हो । पछिल्ला ६ खेलमध्ये अर्जेन्टिनाले ५ खेल जितेको छ । पछिल्लो पटक सन् २००७ मा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १–० ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

त्यसअघि २००५ मा भएको फिफा कन्फेडेरेसन कपमा ४–२ को जित हात पारेको थियो । यसअघि २०१८ मा पनि फ्रान्ससँगै समूह सी मा रहेको अस्ट्रेलिया समूहको अन्तिम हुँदै बाहिरिएको थियो । अर्जेन्टिनालाई पनि फ्रान्सले नै अन्तिम १६ बाट बिदा गरेको थियो । फिफा बरियतामा अर्जेन्टिना तेस्रो र अस्ट्रेलिया ३८ औं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top