नेपाली पब्जी टोली डिआरएस गेमिङ ग्लोबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

Share this
749shares

१९ मंसिर ,काठमाडौं ।

Advertisement

नेपालको व्यवसायीक पब्जी टोली डिआरएस गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को फाइनल चरणमा प्रवेश गरको छ।डिआरएसले च्याम्पियनसिपको अंक तालिकामा शीर्ष पाँचभित्र स्थान बनाएसँगै फाइनल चरणमा स्थान बनाएको हो।

उसले १२ खेलबाट ३८ एलिमिनेस अंक र एक चिकेन डिनरसहित जम्मा १११ अंक ल्याउन सफल भयो। जससँगै डिआरएस चौथो स्थान रह्यो।अन्तिम चरणमा छनोट भएसँगै डिआरएसले एक करोड रुपैयाँ बढी रकम प्राप्त गर्नेछ।

Advertisement

फाइनल चरणका खेल आगामी महिना इन्डोनेसियामा हुनेछ। फाइनल चरण इन्डोनेसियाको राजधानी जाकर्तामा आगामी जनावरी ६ देखि ८ सम्म हुनेछ।यो प्रतियोगितामा नेपालको अर्को टोली ट्रेन टु किलले पनि सहभागिता जनाउनेछ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top