×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

युक्रेनमा रुसी क्षेप्यास्त्रहरुको वर्षा

२० मंसिर २०७९

२० मंसिर, एजेन्सी ।

पछिल्ला दिनहरुमा रुसले युक्रेनमा आक्रमणहरु थप चर्काउने र अबका आक्रमणहरु झनै घातक हुने विभिन्न आशंका, टिकाटिप्पणी भइरहेका बेला रुसले यसलाई सत्य सावित गर्न थालेको छ । रुसले युक्रेनमा पछिल्लो पटक क्षेप्यास्त्रहरुको वर्षा गरिरहेको छ । रुसले आठ साताको बीचमा युक्रेनमा आठौँ पटक क्षेप्यास्त्रको वर्षा गरेको छ ।

Advertisement
Advertisement

रुसी आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको विवरण आएका छन् । दक्षिण युक्रेनको ओडेसामा पनि विद्युत् कटौती भएको छ । आक्रमणमा चार जना मारिएको युक्रेनले जनाएको छ । दुई हप्ताको अन्तरालपछि गरिएको मिसाइल आक्रमणमा पछिल्ला आक्रमणका तुलनामा कम क्षति भएको युक्रेनको दाबी छ ।

रुसले प्रहार गरेका ७० मध्ये ६० वटा मिसाइललाई आकाशमा नै नष्ट गरिएको युक्रेनले बताएको छ । उता, मस्कोले भने सबै १७ वटा लक्ष्यमा सफलतापूर्वक मिसाइल प्रहार भएको जानकारी दिएको छ । रुसका दुई सैन्य हवाई क्षेत्रमा विस्फोट भएको केही घण्टामा नै रुसले जवाफी कारबाही सुरु गरेको थियो । रुसले यसमा युक्रेनी ड्रोन संलग्न रहेको दाबी गरेको छ ।

रुसले गत अक्टोबर १० देखि युक्रेनको विद्युतीय ग्रिडलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ । त्यसयता युक्रेनको आधाभन्दा बढी विद्युतीय संरचनामा क्षति पुगेको बताइएको छ । यसले शून्यभन्दा तल पुग्ने तापक्रममा लाखौँ युक्रेनी नागरिक बाँच्न बाध्य बनेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन् । यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए । राजधानी किभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन् ।

यसैबीच पश्चिमा देशहरूले उसको तेल निर्यातबाट हुने आम्दानी कटौती गर्न चालेका कदमप्रति रुसले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ । ती कदमले युक्रेनमा युद्ध गर्ने आफ्नो क्षमतामा किञ्चित फरक नपर्ने क्रेम्लिनले बताएको छ ।

Advertisement

युरोपेली सङ्घले अबदेखि समुद्री मार्गबाट रुसी तेल आयात नगर्ने जनाएको छ  । साथै उसले अन्यत्र हुने तेल निर्यातमा पनि बन्देजहरू लगाएको छ । प्रति ब्यारेल मूल्य ६० डलरभन्दा कम्ती नभएको खण्डमा ईयू सदस्य राष्ट्र तथा जापान, अस्ट्रेलिया, यूके र अमेरिकाका कार्गो तथा बिमा कम्पनीहरूलाई रुसी तेल ओसारपसारमा संलग्न हुन अनुमति नदिने उसले बताएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top