जब इन्गेजमेन्ट तोडियो उनले केटाकै घरअगाडि पेट्रोल छर्की आत्मदाह गरिन्

१९ मंसिर ७९, मंगलबार

२० मंसिर ,काठमाडौं ।

काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं महानगर १० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका ४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्। उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो।तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाएको मृतकका आफन्तको भनाइ छ।

Advertisement

त्यसपछि आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको मृतकका काका उत्तम न्यौपानेले बताए।‘उनीहरूले बारम्बार फोन गरेर सामान लिन बोलाएपछि पुष्पा त्यहाँ पुगेकी थिइन्। उनीहरूको घरअगाडि नै हाम्री छोरी जलिन्,’ उनले भने, ‘२० मिनेटसम्म पनि उनी जलिरहिन्। तर उनीहरूले बचाएनन्।’

पछि केटाका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी उनी जलेको जानकारी गराएका थिए। तर उनीहरूले अस्पताल नपुर्‍याई मर्न दिएको आरोप पुष्पाका परिवारको छ।पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो।

Advertisement

त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो।पुष्पाले आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छ। यद्यपि केटा पक्षको परिवारले जलेको देख्दा पनि उद्धार नगरेको हुँदा आत्महत्या नभएको उत्तम बताउँछन्।

पुष्पाका परिवारले इन्गेजमेन्ट तोड्ने केटासहित उनको परिवारका चार जनाविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएको थियो।मृतकका काका उत्तम न्यौपानेका अनुसार प्रहरीले चारै जनालाई सुरूमा हिरासतमा लिएको थियो। तर पछि केटालाई मात्र काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरी अन्यलाई छाडेको छ।

पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ।कोरोना महामारीअघि उनी चीनमा बस्थे।दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो।पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए।

‘पुष्पा काम गर्ने शो रूममा आउँदा चिनेका रहेछन्। फेसबुकको डिटेल्स लिएर उनीहरूबीच कुराकानी अघि बढेको थियो,’ काका उत्तमले भने, ‘पुष्पाले विवाह नै गरौं। माग्न आऊ भनेपछि हामीले पनि सहमति जनाएका थियौं।’केटालाई आफूले पनि चिनेको हुँदा उनीहरूको विवाहमा राजी भएको उनले बताए।

अहिले के कारणले इन्गेजमेन्ट तोडेको जानकारी नै नदिएको उत्तम बताउँछन्।‘हामीले कारण सोध्दा पनि पुष्पालाई थाहा छ भने। केही कारण नै नबताई सम्बन्ध तोडे,’ उनले भने, ‘हामीले बुझ्दा केटाको अर्कैसँग अफेयर भएकाले त्यस्तो गरेका हुन् रे।’

उनीहरूबीच इन्गेजमेन्ट भएपनि कहिले विवाह गर्ने भन्ने टुंगो लागिसकेको थिएन।घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगनञ्जले गरिरहेको छ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top