×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पुष्पा जलिरहिन् काठमाडौंले हेरिरह्यो……………

२१ मंसिर २०७९

२१ मंसिर,काठमाण्डौ ।
काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले काठमाडौंमा आत्मदाह गरेको घटनाले अहिले सबैको आङ सिरिङ बनाएको छ । घटनाका विषयमा प्रहरीले अनुशन्धान सुरु गरेको छ । प्रारम्भमा आत्मदाह भनिएपनि परिवारबाट जाहेरी परेपछि अब आउने प्रहरी अनुशन्धानको निष्कर्षले मात्रै घटनाको वास्तविकता बाहिर आउने छ ।

Advertisement
Advertisement

नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले आइतबार साँझ ७ बजेतिर धुम्बाराहीस्थित पिपलबोट नजिकै रहेको सदन संग्रौलाको घरको अगाडि आत्मदाह गरेकी हुन् । पुष्पा र सुदनबीच केही दिन अगाडि ईन्गेजमेन्ट भएको थियो । सुदनले पुष्पासँग ईन्गेजमेन्ट गरेर शनिबार तोडेका थिए । सुदनले ईन्गेजमेन्ट तोडकेको दुई दिनमै पुष्पाले आत्मदाह गरेर ज्यान दिएकी छिन् ।

न्यौपानेले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छिन् । जल्दै गरेको अवस्थामा फेलापरेकी उनको उपचारका क्रममा मृत्यु भएको छ । घटनास्थलमा जलिसकेको अवस्थामा भेटिएकी न्यौपानेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताएका छन् ।

पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेकी हुन् वा अरु कसैले पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको हो प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पुष्पाका आफन्तले सुदनसहित बुबा दिनेश संग्रौला, आमा विन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले सोमबार चार जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुरबाबु जिसीले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । ईन्गेजमेन्ट तोड्न सुदन संग्रौलालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । सुदन र पुष्पा २०७८ मा नजिकिन थालेका थिए । मायाप्रेम बाक्लो भएपछि उनीहरूका बीच विवाह गर्न ईन्गेजमेन्ट समेत भएको थियो । पछि के कारणले हो दुई दिनमै सुदनले पुष्पासँग ईन्गेजमेन्ट तोड्न पुगेका थिए । सुदनले चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर बिक्री गर्छन् ।

२०७९ भदौ १८ गते बुद्धनगरस्थित पुष्पाको घरमा पुष्पा र सुदनबीच टिकाटालो भएको थियो । त्यसयपछि सुधन, पुपाको घरमा आउने जाने गरिरहेका थि । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् । ईन्गेजमेन्ट भएको केही समयबाटै उनीहरूबीच खटपट सुरु भएको पाइएको छ । पुष्पा ईगेजमेन्टको तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राख्न चाहेकी थिइन् ।

सुदनले भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा राख्न स्वीकृति नदिएको पुष्पाका आफन्तले आरोप लगाएका छन् । आफ्ना साथीहरूसँग पुष्पाले सुदनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुदनमाथि शंका गर्न थालिन् । उनीहरूका बीच मनमुटाव बढ्दै गयो । आउने शनिबार पुष्पाकी दिदीको ईन्गेजमेन्ट हुँदै थियो ।

पुष्पाले त्यसका लागि ब्लाउज सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् ? कतिबेला निस्किइन ? परिवारका सदस्यहरूलाई थाहा छैन । सोमबार साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको जानकारी आएको थियो ।

प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ । प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरू संकलन गरिरहेको छ । पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुदन र बुबाआमा पनि घरभित्रै थिए ।

Advertisement

पुष्पाको मृत्युपछि सुधनले आफूले विवाह गर्न नमान्नुका कारणहरुबारे खुलाइरहेका छन् । सम्बन्ध राम्रै चलिरहेका बेला एक अर्काबीच सेयर भएका विगतका ‘डार्क सेक्रेट’हरुले स्थिति तनावपूर्ण बनेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top