लिभरपुल गोलकिपर कारियस लोनमा बेसिक्टास पुगे

११ भदौ ७५, सोमबार
Share this
742shares

एजेन्सी, भदौ ११
लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन गोलकिपर लोरिस करिउस लोनमा टर्किस क्लब बेसिक्टास पुगेका छन् । उनी दुई बर्षका लागि लोनमा बेसिक्टास पुगेका हुन् ।

Advertisement

मेमा भएको रियल मड्रिडसँगको च्याम्पियन्स लिगको फाइनलमा दुई गल्ति गरेपछि जारी सिजन उनले लिभरपुलका लागि एक पनि प्रतिस्पर्धी खेल खेलका छैनन् । २५ बर्षीय जर्मन गोलकिपर लोरिसले सन् २०१६ मा लिभरपुलमा अनुबन्धित भएपछि लिभरपुलका लागि ४९ खेल खेलेका छन् । उनका लागि बेसिक्टास राम्रो भएको र उनी तयार भएको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top