२५ मंसिर,एजेन्सी ।
विश्वकप आयोजना पूर्वअवस्था देखिनै आलोचित र चर्चामा रहदै आएको कतार विश्वकपका सेमिफाइनलका खेल आयोजनाको पूर्व अवस्थामा पुग्दा थप चर्चाको विष बनिरहेको छ । खासगरी मुस्लिम राष्ट्र कतारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनेको थियो ।
कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि समेत नभएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । विश्वकपमा कतारले सार्वजनिकस्थल, रंगशालामा अल्कोहल पिउन नपाउने तथा महिलाको हकमा पहिरनमा कडा प्रतिबन्ध लगाएको छ । तर आयोजक कतारको कडा नियमको बाबजुद ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनलमा कतारले महिलासम्बन्धी लगाएको नियम तोडियो ।
कतारको यो नियम मिस क्रोएसिया इभाना नोलले तोडेकी हुन् उनी विकिनी पहिरनमा स्टेडियममा देखिएकी थिइन । अहिले उनले लगाएको पहिरनले विश्वकपमा मात्र नभएर विश्वभरि नै चर्चा बटुलिरहेको छ भने कतार सरकारको बाध्यकारी नियम तोडिएकोमा प्रश्न उठेको मध्यपूर्वका संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
मिस क्रोएसिया इभानाले आफू अर्धनग्न हुँदै प्यारापिटमा प्रवेश गरेको तश्विर सार्वजनिक गरेकी छिन् । । इभानाले ‘क्रोएसियन झन्डा रंगको बिकिनी’ लगाएकी थिइन । यसअघि मोरक्को र क्रोएसियाबीच पनि उनी यस्तै पहिरनमा उपस्थित भएकी थिइन । अघिल्लोपटक सुरक्षकर्मीले उनलाई चेतावनी दिएका थिए ।
मिडियाका अनुसार मिस क्रोएसियन नोललाई दोस्रोपटक अर्धनग्न रूपमा नआउन भनिएको छ । तर उनले फेरि त्यही दोहोर्याएकी छिन् । पहिल्लो पटक सुरक्षाकर्मीले नोललाई भित्र प्रवेश गर्न अनुमति नदिएपनि केहीबेरको संवादपछि उनी मैदानभित्र प्रवेश गरेकी थिइन । यसअघि मोरक्कोसँगको खेलमा नोल बिकिनी पहिरनमा प्रवेश गरेको क्षणलाई अन्तर्राष्ट्रिय मिडियाका फोटोग्राफरले फोटोसुट गरेका थिए ।
नोलको पहिरन कतारी समर्थकलाई लोभ्याउने र आयोजकलाई समेत झस्काउने किसिमको थियो । जहाँ उनीसँग तश्विर खिचाउनका लागि कतारीहरु अग्रपङितमा देखिएका थिए । अब सेमिफाइनलमा क्रोएसियाको अर्जेन्टिनासँगको भिडन्तमा मिस क्रोएसिया नोलको स्टेडियममा हुने उपस्थिती र उनको पहिरनतर्फ विश्वको ध्यान केन्द्रित भएको छ।
इभाना आफ्नो देशको प्रतिष्ठित रातो र सेतो ढाँचाको पोशाक लगाएर हरेक खेलमा जान्छिन् । तर कतारको कानुन अनुसार यो पहिरन ठीक होइन । फिफा विश्वकपको समयमा खुला लुगा लगाएकोमा उनलाई जेल पनि हुन सक्छ । सामाजिक सञ्जालमा धेरैले उनको आलोचना पनि गरेका छन् ।