विश्वकै धनी मस्क संकटमा, धनीको ताज खोसियो

२९ मंसिर,एजेन्सी ।
टेस्ला, स्पेसएक्स र ट्वीटरका मालिक एलोन मस्कले विश्वकै धनीको उपाधि गुमाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बर्नार्ड अर्नाल्टले उनको स्थानमा लिएका छन्। उनी अहिले विश्वकै धनी व्यक्ति बनेका छन् । ट्विटरको अधिग्रहण पछि मस्कलाई ठूलो धक्का लागेको छ। अर्नाल्ट फेसनको विशाल कम्पनी ीख्ःज् को प्रमुख छन्।

५१ वर्षीय एलोन मस्कको सम्पत्ति यस वर्ष अहिलेसम्म करिब १०० अर्ब डलरले घटेको छ । उनको कुल सम्पत्ति १६८ दशमलव ५ अरब डलरमा झरेको छ, जबकि ७३ वर्षीय अर्नाल्टको सम्पत्ति १७२ दशमलव ९ अबर डलर थियो। अर्नाल्टको सम्पत्तिमा ीख्ःज् को ४८ प्रतिशत हिस्सा छ। फोर्ब्सका अनुसार यो समूहसँग लगभग ७० फेसन र ब्यूटी ब्रान्डहरू छन्।

एलोन मस्कको लागि यो वर्ष आर्थिक रूपमा खराब रह्यो। उनको सम्पत्तिको मूल्य ह्वात्तै घटेको छ । हालसालै उनले ४४ बिलियन डलरमा विश्वको अग्रणी माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरेका छन् । यसपछि आफ्ना कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण उनी आर्थिक संकटमा परेका छन् ।

Advertisement

उनको प्रमुख कम्पनी टेस्लाको स्टक यो वर्ष ५० प्रतिशतले घटेको छ । मस्कले पनि ट्विटर अधिग्रहणबाट पछि हट्ने प्रयास गरे, तर अदालतको झगडाको कारणले यसलाई किन्नुप¥यो। ट्विटर प्राप्त गर्न उनले टेस्लाको १५ अर्ब डलरभन्दा बढीको शेयर बेच्नुप¥यो। जब मस्कले अक्टोबरमा ट्विटरको अधिग्रहणलाई अन्तिम रूप दिए, ब्लूमबर्ग वेल्थ इन्डेक्सले उनको कुल सम्पत्ति १० अर्ब डलर घटायो।

ट्विटरको अधिग्रहण पछि, मस्कले यसमा व्यापक परिवर्तन गर्दै आएका छन्। कटौती र नीतिगत परिवर्तन जस्ता कदमहरू पनि उठाइएका छन्, तर यीसँगै विवादहरू पनि उठेका छन् । आर्थिक संकटतर्फ तीव्र रुपमा ओरालो यात्रा तय गरिरहेका मस्कले विद्युतीय कार कम्पनी टेस्लाको ३.६ अर्ब अमेरिकी डलरबराबरको सेयर बेचेका छन् ।

Advertisement

“अर्बपति मस्कले टेस्लाको अर्को २२ मिलियन डलर सेयर बेचेका छन्, जसको मूल्य ३.५८ बिलियन डलरबराबर छ,” बीबीसीले उल्लेख गरेको छ । उक्त सेयर यो साताको सोमबार, मंगलबार र बुधबार बिक्री गरिएको अमेरिकी वित्तीय नियामक संस्थाले जनाएको छ । मस्कको पछिल्लो सेयर बिक्रीको कारण भने खुलाइएको छैन ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top