विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?

३ पौष ,एजेन्सी ।
कतार विश्वकपको उपाधिको छिनोफानो आज मध्यराति हुने गत विजेता फ्रान्स र अर्जेन्टिनाको भिडन्तले टुङ्गो लाग्दैगर्दा विश्वकपका विभिन्न विधामा को सर्वाेत्कृष्ट होला भन्ने कौतुहलता पनि विश्वभर बढिरहेको छ । फिफाले विश्वकपमा प्रदान गर्ने गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड कसले पाउला भन्ने जिज्ञाशाका बीच केही विधाका संभावित खेलाडी भने जारी विश्वकपमा देखिसकेका छन्।

फिफा विश्वकपमा प्रतियोगिता भर सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइने गोल्डेन बलका लागि फाइनलमा खेल्ने लियोनल मेसी र किलियन एमबापेको दाबेदारी छ । अर्जेन्टिनालाई फाइनलमा पुर्याउन सबभन्दा बढी योगदान दिने मेसीले आफ्नो टिमले गरेका गोलमध्ये ८ गोलमा उनले योगदान गरेका छन् । त्यसमा उनले ब्यक्तिगत ५ गोल गरेका छन् । ३ एसिस्ट पनि उनको नाममा छ।

सन् २०१४मा मेसीले गोल्डेन बल जितिसकेका छन् । अर्जेन्टिनाले उपाधि जितेमा मेसी निर्विवाद रूपमा गोल्डेन बलको हकदार बन्नेछन् । तर समान ५ गोल गरेका एमबाप्पेले मेसीलाई कडा टक्कर दिएका छन् । जो उपाधिका लागि मेसीसँगै खेल्दैछन् । यस्तै गोल्डेन बुटमा पनि मेसी र एमबापे नै दाबेदारका रूपमा उदाएका छन् । विश्वकपमा सबभन्दा बढी गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ।

Advertisement

यसमा पनि असिस्टका आधारमा मेसी अगाडि छन् भने एम्बापेले पछ्याइरहेका छन् । एमबप्पेको दुई असिस्टको तुलनामा तीन असिस्ट गरेको मेसी फाइदामा छन् । दुवै खेलाडीको समान गोल भएमा टाइब्रेकरको रूपमा असिस्टलाई गणना गर्ने गरिन्छ। यस होडमा अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेज र फ्रान्सका ओलभिर जेरुड छन् । यी दुवै खेलाडीले चार–चार गोल गरेका छन् ।

यस्तै विश्वकपको अर्काे गोल्डेन ग्लोभ रहेको छ । जुन उत्कृष्ट गोलरक्षकले पाउने छन् । सबभन्दा उच्च प्रदर्शन गर्ने गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्डका लागि क्रोएसियाका डोमिनिक लिभाकोभिच, पोल्यान्डका वोसिच सेस्ने, मोरक्कोको यसिन बोउनोउ र अर्जेन्टिनाका इमिलियानो माटिनेज होडमा रहेका छन् ।

Advertisement

यसमध्ये पनि मोरक्कोको गोलरक्षक बोउनोउको सम्भावना धेरै देखिन्छ। बोउनोउले स्पेन र पोर्चुगलविरुद्धको खेलमा आफ्नो शानदार गोलरक्षणले नै मोरक्कोलाई जित दिलाएका थिए । फिफाले विश्वकपमा दिने अर्काे अवार्ड हो , फिफा योङ प्लेयर अवार्ड । यो अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

यस होडमा इङ्ग्ल्यान्डका विन्गर बुकायो साका अगाडि देखिएका छन् । यस्तै अर्काे फिफाले विश्वकपमा दिने फिफा फेयर प्ले ट्रफी हो । यो ट्रफी जित्नका लागि टिम कम्तीमा दोस्रो चरणमा पुगेको हुनुपर्छ। फेयर प्ले विधाको दाबेदारीमा इङ्ग्ल्यान्ड सबभन्दा अगाडि रहेको छ। यस प्रतियोगितामा इङ्ग्ल्यान्डले फ्रान्सविरुद्धको खेलमा एक पहेँलो कार्ड मात्र बेहोरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top