३ पौष,एजेन्सी ।
अमेरिकामा लङ कोभिडका विरामीहरुको अवस्था चिन्ताजनक देखिएको छ । लङ अर्थात लामो समयसम्म हुने कोरोना संक्रमणले केही मानिसहरूमा दीर्घकालीन लक्षणहरू देखिन्छ, जुन घातक पनि हुन सक्छ । कोभिड–१९ महामारीको पहिलो ३० महिनामा अमेरिकामा कम्तीमा ३ हजार ५४४ जनाको मृत्युले पनि लामो कोभिड कति हानिकारक छ भन्ने पुष्टि हुन्छ ।
पछिल्लो एक अनुसन्धानले यस्तै देखाएको छ । यो प्रतिवेदन संयुक्त राज्य अमेरिकामा लामो कोभिड मृत्युको संख्या मापन गर्न अमेरिकी रोग नियन्त्रण तथा रोकथामको केन्द्रको स्वास्थ्य तथ्याङ्कका लागि अमेरिकी राष्ट्रिय केन्द्रको आधिकारिक प्रयास हो । केही विज्ञहरू भन्छन् कि यो खोज सायद एक महत्वपूर्ण कम गणना हो । कोभिड १९ भएकामध्ये ३० प्रतिशतमा लामो कोभिड भएको सीडीसीले जनाएको छ ।
प्रकाशित अनुसन्धानले जनवरी २०२० देखि जुन २०२२ सम्मको मृत्युको विश्लेषण गरेको छ । अनुसन्धान गाह्रो थियो किनकी क्यान्सर वा मधुमेह जस्ता रोगहरूको विपरीत, अमेरिकासँग त्यो अवधिमा लामो कोभिड ट्र्याक गर्नको लागि विशेष रोग कोड थिएन । यस्तै चिसो मौसम सुरु भएसंगै अमेरिकाका विभिन्न राज्यमा जनजिवन निकै प्रभावित भएको छ ।
यस वर्षको चिसो मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख जना बिरामी भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले प्रतिवेदन सार्वजनिक गरेको छ । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।
अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीले जनाएको छ । सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् ।