चीनसँग लड्न खतरनाक हतियार भण्डार गर्दै जापान

३ पौष, एजेन्सी ।
जापान सरकारले शुक्रबार एउटा नयाँ राष्ट्रिय सुरक्षा योजनालाई स्वीकृति दिएको छ ,जसले द्वितिय विश्व युद्धपछि जापानका सबैभन्दा ठूलो सैन्य कायापलट हुने संकेत दिएको छ । यस अन्तर्गत जापानले आफ्नो रक्षा खर्च दुई गुणा बढाउने निर्णय गरेको छ । जापानले क्षेत्रीय प्रतिद्वन्दीहरुबाट बढिरहेको रक्षा चुनौतीका बीच यो कदम उठाएको हो ।

जापानी उच्च अधिकारीहरुले देशलाई छिमेकी मुलुकहरु खासगरी चीनको साम्राज्यवादी नीतिका कारण आफ्नो शान्तीवादी नीति खतरामा परेको महसुस भएको बताएका छन् । टोक्योमा एक टेलिभिजन कार्यक्रमलाई सम्बोधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने कि सरकारले अस्थिर सुरक्षा रणनीति(एनएसएस), राष्ट्रिय रक्षा रणनीति(एनडिएस) र रक्षा बल विकास(डिएफडि) योजनालाई स्वीकृति प्रदान गरेको छ।

किशिदाले भने, नयाँ उपायहरुमा यस्ता प्रवाधानहरु सामेल छन्, जसले जापानलाई जवाफी आक्रमणका लागि सक्षम बनाउँछ र आपतकालिन स्थिति एवं विशिष्ट परिस्थितिहरुमा अन्य देशहरुको क्षेत्रमा सीधा हमला गर्ने क्षमता पनि दिन्छ । जापानले यी नयाँ रणनीति अन्तर्गत लामो दुरीसम्म मार हान्ने मिसाइलहरुको संख्या पनि बढाउने निर्णय गरेको छ ।

Advertisement

ताकी उसले प्रतिद्वन्दीहरुलाई जवाफ दिन सकोस् । प्रधानमन्त्री किशिदाले डिसेम्बरको पहिलो साता नै रक्षा र अर्थमन्त्रीलाई २०२७ सम्म जापानको रक्षा बजेट वर्तमान जीडीपीको २ प्रतिशतसम्म बढाउन निर्देशन दिएको जापानका रक्षामन्त्री यासुकाजु हमादालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

क्योडो न्युज एजेन्सीका अनुसार प्रधानमन्त्री किशिदा आफ्नो देशमा यस्तो क्षमता भएको चाहन्छन् जसबाट शत्रुको भूमिमा प्रवेश गरी आक्रमण गर्न सकोस् । जापानले सन् २०२६ अघि यो क्षमताले लैजान सक्नेछैन । नयाँ स्टक बढाउन जापानले अमेरिकाबाट खतरनाक टमाहक मिसाइल किन्ने मन बनाएको छ ।

Advertisement

यो मिसाइलको दायरा करिब १६०० किलोमिटर रहेको छ । हाल, टमाहक अमेरिकी र बेलायती सेना द्वारा तैनाथ गरिएको छ। यो मिसाइललाई अमेरिकी नौसेनाको ब्रह्मास्त्र भनिन्छ। वर्ष २०१८ मा, यो नौसेना को एक हिस्सा भएको थियो । त्यस समयमा यो सिरियामा प्रयोग भएको थियो र टट मिसाइलहरूले सिरियाली रासायनिक हतियार कारखानालाई नष्ट गरेका थिए ।

जापान सरकारले यो निर्णय यस्तो बेला लिएको छ जतिबेला टोक्यो दशकौंदेखि आफ्नो सबैभन्दा विपरित सुरक्षा परिस्थितिहरुको सामना गरिरहेको छ । जापान चीनलाई आफ्नो सबैभन्दा ठूलो रणनीतिक चुनौती मान्दै आएको छ ।

यसबीच चीनले जापान नजिकको क्षेत्रहरुमा आफना् नौसेना तथा वायु सैनिकहरुको तैनाथी बढाइदिएको छ । चीन सेनकाकू द्वीप समूहमा आफ्नो दाबी गर्दै आएको छ जो अहिले जापानको कब्जामा छ । यता चिनियाँ जहाज सेनकाकू द्वीप नजिक लगातार आक्रमण गरिरहेको छ, जसलाई उसले डियाओयस भनेको छ । यता जापान आफ्नो हवाई क्षेत्रबाट दैनिकजसो चिनियाँ युद्धक विमानहरुलाई खेदिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top