सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण ११ गते

५ पौष , काठमाडौं ।

Advertisement

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ ।  यहाँ ५३ जना प्रदेशसभा सदस्यहरू छन् । यसैबीच सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी यूवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।

सूचना अधिकारी जैशीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ को ९२० बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने भएका हुन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top