करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाईते

७ पुस ७९, शुक्रबार

८ पौष, उदयपुर ।

Advertisement

उदयपुरको त्रियुगा नगरपालिका–१५ ज्यामिटारमा बस्ने स्थानीय एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ज्यान गुमाउने महिलाका श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकी छन् । हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा करेन्ट लागि घटनास्थलमै उनको मृत्यु भएको थियो भने उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाईते भएका थिए । घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top