८ पौष, सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१९ का ४३ बर्षीय विरेन्द्र लिम्बु रहेका छन् । बिहिबार दिउँसो ३ बजे को ३२ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।