बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई

८ पौष,काठमाण्डौ ।

स्वतन्त्र उम्मेदवारी दिई काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन लाई तबला उपहार दिएका थिए । र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई एक पत्रकारले र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको भनी गरेको प्रश्नको जवाफमा ओलीले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए ।

Advertisement

‘मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाडौंका गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ,’ ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’ओलीले आफूले किन तबला दिएको भन्ने थाहा नभए पनि दिन मन लागेर दिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top