×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

चार्ल्स शोभराजलाई भोलि फ्रान्स पठाइने

८ पुष २०७९

८ पौष,काठमाडौं ।

१९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई भोलि मात्र फ्रान्स पठाइने भएको छ।अधिवक्ता निहिता विश्वासले आज कागजी प्रक्रिया नसकिएकोले भोलि मात्र फ्रान्स पठाइने बताइन्।‘मलाई गृह मन्त्रालयबाट फोन आएको थियो। उताबाट आजै सबै कागजी प्रक्रिया नसकिएकोले शोभराजलाई भोलि मात्र फ्रान्सलाई पठाइने भएको छ’, उनले भनिन्, ‘आज एयरपोर्टको इमिग्रेसनमा राख्ने कुरा छ।’

Advertisement
Advertisement

अहिले शोभराजलाई अध्यागमन विभागमै राखिएको छ।विश्वासले शोभराजलाई सुरक्षित घर फर्काउन चाहेको बताएकी छन्।उनले शुक्रबार सेतोपाटीसँग कुरा गर्दै शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी भएको बताइन्।

शोभराजको स्वास्थ्य स्थितिलाई लिएर सर्वोच्चले कैदमुक्त गरेको र मुटुको रोग लागेर निधन हुनसक्ने भएकाले केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउन लागिएको उनले जानकारी दिइन्।‘कुनै विलम्ब नभए आजै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ,उनले भनिन्।धेरै वर्षपछि आफूहरूको लडाइँ सकिएको उनले बताएकी छन्।साथै, उनले शोभराजका वकिलहरूको टिमलाई बधाई समेत दिएकी छन्।

सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।

Advertisement

२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top