१० पौष, काठमाण्डौ ।
निर्वाचन पछिको नयाँ सरकार निमार्णका लागि नेपालको राजनीति उथलपुथल बनिरहेको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पछिल्लो राजनीतिक अवस्था र सांसदहरुको भूमिकालाई लिएर कडा टिप्पणी गरेका छन् ।
सामाजिक संजालमार्फत पछिल्लो अवस्थालाई केन्द्रित गर्दै बालेनलले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को उपमा दिएका छन्। स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरको मेयर पदमा विजयी बालेन्द्रले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित सांसदहरूविरुद्ध टिप्पणी गरेका हुन्। उनले लेखेका छन्,
नयाँ सांसदहरु,
नयाँ गफाडीहरु
उही पुरानो देश
उही पुराना व्यापारीहरू
गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार मात्रै शपथ खाए। यस चुनावबाट कतिपय व्यापारी पनि सांसद बनेका छन्। यस्तै यसपालिको निर्वाचनबाट नयाँ राजनीतिक दलको उदय भएको छ भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी यही चुनावबाट उदाएका हुन्।
नयाँ सांसदविरुद्ध कवितात्मक शैलीमा टिप्पणी गरेको बालेन्द्रले किन त्यसो भने भन्ने कुराचाहिँ खुलाएका छैनन्। तर सरकार गठनका लागि दलहरुले प्रधानमन्त्री लगायतका पदका लागि गरिरहेको दावी विरोध र भागबन्डाको खेललाई इगित गर्दै उनले टिप्पणी गरेको हुन् सक्ने अनुमान गरिएको छ । यही अनुमानलाई सार्थकता दिने काम भने बालेनको पछिल्लो पोस्टले गरेको छ ।
बालेनले पछिल्लो पोस्टमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्विरसहित, बालकोटमा ओली प्रचण्डसहित रवि लामिछानेसहितको तस्विर शेयर गर्दै लेखेका छन्, हिजो एउटा कविता लेखेको थियो, आज लेख्दिन भन्दै उनले सोधेका छन्, देश के हो ? व्यापार हो कि ? खेल हो ?