Nepal Times
Nepal Times
117
Shares

विराटनगरका पत्रकार सोनुकुमार दास सम्मानित

विराटनगरका पत्रकार सोनुकुमार दास सम्मानित

१० पौष, विराटनगर ।
विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय रहदै आएका पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । विराटनगरको सामाजिक संस्था ‘साना पाइला’ ले उनलाई पत्रकारिता र समाजसेवामा सक्रिय रहेको भन्दै प्रशंसापत्रसहित सम्मान गरेको हो ।

मोरङको धनपालथान गाँउपालिकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाउँका विद्यालय जानबाट बन्चित भएका विद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको पत्रकार दासले पहिलो पटक समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

उनले पहिलो पटक समाचार प्रकाशन गरेपछि सोही समाचारकै कारण रिसिदेव र त्याहा अध्ययनरत विद्यार्थीका लागि सहयोग जुटेको थियो । विद्यार्थीका लागि त्याहा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् ।

दैनिकी ५०० देखि ६०० रुपैयाँ कमाएर जिविकोपार्जन गरे पनि उनले निःशुल्क रुपमा बिहान बेलुकी बिद्यार्थीहरुलाई पढाउँदै आएका छन् । अँध्यारो कोठामा सिमेन्टको बोरा ओछ्याएर विद्यार्थीहरु उनीसँगै पढ्दै आएका थिए । सम्मानित भएपछि पत्रकार सोनुले समाजप्रतिको जिम्मेवारी अझ बढेको बताए । उनले आगामी दिनमा अनेकौ चुनौतीका बीच पनि डटेर पत्रकारिता गरिरहने बताएका छन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.