×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पुस १५ देखि प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने

९ पुष २०७९

९ पौष,काठमाण्डौ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने बताएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण कार्यान्वयनमा ल्याउने र उक्त प्रणालीमा नजोडिएका मोबाइल सेट नचल्ने बताएको हो ।

’मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ÷ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रूपमा लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) २०७९ पौष १५ गते देखि पूर्ण रूपमा कार्यन्वयनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

Advertisement
Advertisement

अब विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दाअगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ डिजिटको आईएमईआई नम्बरसहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने बताइएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्रसहित राहदानी÷नागरिकता÷राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mमmकलतब.नयख.लउ मा गई दर्ता गर्न अनुरोध गरिएको छ ।

यसका साथै नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली –mdms.nta.gov.np_  मा दर्ता भए÷नभएको यकिन गर्न सकिने हुँदा सोही अनुरूप यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।

Advertisement
Advertisement

साथै मोबाइल आयातकर्ता÷बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत जानकारी गराइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top