×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

अमेरिकामा विशाल हिम आँधी

९ पौष, एजेन्सी ।
शीतलहर र हिम आँधीका कारण अमेरिकामा लाखौँ मानिसहरु प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौँ उडान रद्द भएका छन् । साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् । क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए ।

ती क्षेत्रमा बिजुली कटौती हुँदा सयौँ हजार मानिस प्रभावित भएका थिए । वायुमण्डलीय चाप घट्दा उत्पन्न बम चक्रवातले अमेरिका–क्यानडा सीमाका ग्रेट लेकहरूमा हिमपात जस्तो अवस्था ल्याएको थियो । विशाल आँधी टेक्सस देखि मेन सम्म २ हजार माइल फैलिएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । एल्क पार्क, मोन्टानामा तापमान माइनस ४५ डिग्री सेल्सियमा झ¥यो ।

Advertisement
Advertisement

पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । बफेलो र न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउ पर्ने अनुमान गरिएको छ । प्रशान्त उत्तरपश्चिममा केही बासिन्दाहरू सिएटल र पोर्टल्याण्डमा जमेको सडकहरूमा आइस–स्केटिंग गरेका देखिन्छन् । लुइसियाना, अलाबामा, फ्लोरिडा र जर्जिया जस्ता दक्षिणी राज्यहरू पनि प्रभावित छन् ।

यता नोभेम्बर सुरु भएसँगै चीनमा चारवटा चिसोका लहर देखिएका छन् । जसमा धेरै चिसो, हिमपात, ठूलो वर्षा र हुरी बतास चलेका छन् । नोभेम्बरदेखि डिसेम्बर १२ सम्म चिसोका कारण ३५ हजार चिनियाँ नागरिक प्रभावित भए । यसमा ३७५ मिलियन चिनियाँ यूयान बराबरको आर्थिक क्षति भएको चिनियाँ अखबारले जनाएको छ ।

शीतलहरलाई सामना गर्नका लागि चीनले एक खर्ब रुपैयाँभन्दा बजेट छुट्याएको छ । चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले प्राकृतिक प्रकोप राहत कोषमा ५.५८ बिलियन यूयान (एक खर्ब तीन अर्ब ८३ करोड नेपाली रुपैयाँ) व्यवस्थापन गरेका छन् ।

Advertisement
Advertisement

केन्द्रीय प्राकृतिक प्रकोप राहत कोषमा रकम व्यवस्थापन गरिएको र यसले जनतालाई सुरक्षित र न्यानोमा राख् मद्दत पुग्ने मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । उक्त रकम स्थानीय सरकारले यससम्बन्धी कार्य सञ्चालन गर्न, जनतालाई तत्काल राहत वितरण गर्न, अनुमगन तथा निरीक्षण लगायतका कार्यमा खर्च हुने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top