पहिलो पटक दौरासुरुवालमा प्रचण्डको सत्तारोहण

१० पुस ७९, सोमबार

११ पौष, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४४ औ प्रधानमन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीसहित सोमबार ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिए।

उपप्रधानमन्त्रीहरु विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले शपथ लिए। यस्तै, विना विभागीय मन्त्रीहरु ज्वाला साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि पद तथा गोपनीयताको शपथ लिए। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका प्रचण्डले सार्वजनिक रुपमा पहिलोपटक दौरा–सुरुवालसहित उपस्थित भए।

यसअघि प्रधानमन्त्री बन्दा सुट–पाइन्टमा शपथ लिएका प्रचण्ड तेस्रो कार्यकालका लागि शपथ लिन भने दौरासुरुवालसहित उपस्थित भएका थिए। प्रचण्ड सरकारका ३ जना उपप्रधानमन्त्रीले पनि दौरासुरुवालमै शपथ लिए। मन्त्रीमध्ये २ जना मात्रै दौरासुरुवालमा उपस्थित थिए। दामोदर भण्डारी र राजेन्द्र राईले दौरासुरुवालमा शपथ लिए।

Advertisement

पहिलोपटक सत्ता राजनीतिमा सामेल भएको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान भने कुर्तापइजामा लगाएर शपथ लिन उपस्थित भएका थिए। यस्तै, प्रारम्भिक चरणको मन्त्रीमण्डलको १ मात्रै महिला सदस्य ज्वाला साह सारी र कोटसहितको पहिरनमा शपथ लिन उपस्थित भएकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top