माधव राष्ट्रपति बन्नेमा समाजवादीलाई नै छैन् आशा

१६ पुस ७९, आइतबार

१७ पौष, काठमाण्डौ ।
नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालै नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ । शनिबारदेखि काठमाडौंमा जारी पार्टी स्थायी कमिटी बैठकमा एमालेसँगको एकताको विषयले प्रवेश नै नपाएको जानकारी उपमहासचिव गंगालाल तुलाधरले दिएका छन् ।

एकताको हल्ला एमालेकै केही नेताहरुले चलाएको पनि उनले बताए । ’एकताको कुरा एमालेका केही साथीहरुले चलाएको हल्ला मात्रै हो’, उनले भने, ’एकता हुन्छ भन्ने कुरामा दुवै पक्षबाट कुनै पहल भएको छैन । केही नेताको रहरले एकता हुने होइन । नेताहरुबीच भेटघाट भएको हो । तर एकतालाई लिएर कुनै कुरा भएको छैन।’

यद्यपी तुलाधरले एमाले उपाध्यक्ष विष्णु पौडेलहरु यो सरकार बन्नुअघि एकताका लागि सक्रिय भएको भने स्वीकारेका छन् । ’उहाँहरुसँग एकताका लागि सक्रिय हुनु भएको थियो। तर विष्णु पौडेलजी मन्त्री भइसकेपछि त्यस विषयमा सक्रिय हुनुहुन्न’, तुलाधरले भने, ’अहिलेकै अवस्थामा हामी कसैसँग एकता हुने विश्वासमा छैनौँ।

Advertisement

हामी अहिले पार्टी पुनःनिर्माण अभियान छौँ। हाम्रो जोडबल पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो।’ नेकपा माओवादी केन्द्रसँग एकता लागि गत भदौमै संयोजन समिति बनाउने निर्णय गरिए पनि त्यसले खासै गति नलिएको उनले बताए ।

’हामीले एक पटक एकताको पहल गरेको पनि हो। तर माओवादीबाट खासै गम्भीर कुरा आएन’, उनले भने, ’अहिले हाम्रो लक्ष्य कुनै पद प्राप्तिभन्दा पार्टी बलियो बनाउने हो । हामी तत्कालै एकताको पक्षमा छैनौँ उनले भने बैठकमा बोल्ने अधिकांश नेताहरुको मत पनि त्यही छ।’

Advertisement

यस्तै तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको पनि बताएका छन् । एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने उनको भनाई छ । उनले भने, ‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ ।

‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’ यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताएका छन् ।

जारी रहेको पार्टीको स्थायी समिति बैठकमा वर्तमान राजनीति, वर्तमान गठबन्धनलाई कसरी हेर्ने, सरकारमा जाने, या नजाने, पार्टी एकताका बारेमा चलेका चर्चाबारे स्थायी समिति सदस्यहरुलाई धारणा राख्न दिइएको थियो ।

बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखेको जानकारी दिँदै तुलाधरले धेरैको मत सरकारलाई सर्मथन गर्ने तर सरकारमा जान नहुने भन्ने खालको रहेको बताए । एकीकृत समाजवादीको स्थायी समितिमा ५२ जना सदस्य रहेका छन् । सबैले आफ्नो धारणा राखिसकेपछि बैठक सकिने छ ।

.

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top