विराटनगर : राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा निकालिने रथयात्राको ५१ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।
राधाकृष्ण रथयात्राको ५१ संस्करणमा बग्गी र हेलिकप्टरको प्रयोग गरिने रथयात्रा समारोह समितिले जानकारी दिएको छ ।भदौ १८ गते बेलुका ४ बजेदेखि सुरु हुने रथयात्रालाई आकर्षक र भव्य बनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ भने रथको अग्रभागमा बग्गी प्रयोग गरिने समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।
रथयात्राको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईबाट गरिने जनाईएको छ ।