अफ्रिकाको नेपाली दूतावासले किन जारी गर्याे ’ट्राभल एड्भाइजरी’ ?

२१ पुस ७९, शुक्रबार

२२ पौष, एजेन्सी ।
पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने क्रम बढेपछि दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासले ’ट्राभल एड्भाइजरी’ जारी गरेको छ । दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले एड्भाइजरी जारी गरेको हो ।

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह समेत गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ भएको भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो ।

दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवम् दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका जानका लागि सहज हुने भ्रममा पारी ती देशहरूमा पठाउन सहयोग गर्ने जस्ता अनेकौँ प्रलोभन देखाइ नेपाली नागरिकबाट लाखौँ रुपियाँ लिइ उनीहरूलाई भारतको विभिन्न सहरहरू (नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवान्डा, कङ्गो लगायतका अफ्रिकी देश हुँदै निकै कठिन, जोखिमपूर्णरूपले दक्षिण अफ्रिकामा ल्याइ अलपत्र पारी छोडिदिने र कतिपय अवस्थामा ती ट्रान्जिट देशमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोमा गम्भीर ध्यानाकर्षण भएको दूतावासको भनाइ छ ।

Advertisement

दक्षिण अफ्रिका जाने नेपालीलाई विभिन्न कुरा ख्याल गर्न दूतावासले अनुरोध गरेको हो । दक्षिण अफ्रिकाले २ अगस्ट २०२२ देखि विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई ल्याउन पाउने व्यवस्था गरेको छ । यदि त्यस्ता पदहरूमा वैदेशिक रोजगारमा जान चाहेको खण्डमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले अनुरोध गरेको छ ।

भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएकाले त्यस्तो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाउने दूतावासले प्रस्ट पारेको छ । साथै पर्यटक भिसामा आइ कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने काम गैरकानुनी हुने दूतावासले भनेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top