Nepal Times
Nepal Times
54
Shares

केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

२५ पौष, काठमाण्डौ ।
काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको बालकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् ।

स्थानीय सूर्यविनायक नागरपालिका वडानम्बर ३ आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा श्री गणेश आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ७६३ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल म्यानेजर नारायण दाहालले बताएका छन् ।

उनका अनुसार उक्त स्वास्थ्य शिविरमा १०२ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण गरिएको थियो भने ११ जनाको दाँत खोलिएको थियो । त्यस्तै, शिविरबाट १७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, हाडजोर्नी लगायतका चिकित्सकहरुले बिरामीको जाँच गरेका थिए । स्वास्थ्य शिविरमा आएका बिरामीहरु केएमसीमा उपचारका लागि गएमा ओ.टी, ल्याब तथा वेड चार्जहरुमा आवश्यक छुट गर्ने गरिएको छ ।

 

केएमसीले आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई निरन्तरता दिने प्रवन्धक दाहालले जानकारी दिएका छन् । यसअघि केएमसीले शंखरापुर नगरपालिका साँखुमा ७९२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

केएमसीका तत्कालीन कार्यकारी अध्यक्ष तथा अहिलेका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले अस्पतालको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । डा. शर्मा ले सुरु गरेको सोही निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई केएमसीले निरन्तरता दिदै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.