घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

२५ पुस ७९, मंगलबार

२६ पौष,काठमाण्डौ ।
गत मंसिरको चुनावमा नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताइएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक–पटक छलफल गर्दै आएका थिए ।

अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता÷कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ‚’ भूसालले प्रवेशका लागि तयार पारेको‚ ’कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ मा उल्लेख गरिएको छ । भुसालले नेकपा एसमा महासचिव मागेका छन् ।

Advertisement

तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ । भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान पहल गरेका छन् । भुसालसँगै एमाले छाडेका योगेन्द्र शाही माओवादीबाट प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका थिए ।

एमालेमा घनश्यामलाई साथ दिएका धेरै नेताहरू अब उनीसँग नजाने भएका छन् । कतिपय छलफलमै छन् । टंक कार्की, उषाकिरण तिमल्सिना, अरविन्द सिंह, सुरेन्द्र मानन्धर, दीपक प्रकाश पाठक लगायतका नेतालाई भुसालको कदममा साथ दिने मानिए पनि कार्कीबाहेक अरूले एमाले नछाड्ने जानकारी गराएको बताइन्छ । भुसालनिकट केही युवा विद्यार्थी भने उनीसँगै नेकपा एसमा जानेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top