शेयरबजार किन घट्यो ? नाफा बुक कि विश्वासको मत ?

२५ पुस ७९, मंगलबार

२६ पौष, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता लगातारजसो उकालो लागेको शेयर बजार आज उच्च उतार चढावका बीच दोहोरो अंकले घटेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा मंगलबार नेपालको राजनीति र शेयरबजारमा निकै उथलपुथल देखियो । शेयर र राजनीति दुवैमा अनपेक्षित उतारचढाव देखियो ।

दुई दिन अघिसम्म कांग्रेसकै कारण सरकारले विश्वासको मत नपाउने अवस्था आउँछ कि ? भन्ने आशंका उब्जिएको थियो । सोमबार शेयरबजार उकालो लागेर कारोबार बन्द भएकोमा मंगलबार भने बजारमा सुरूवातबाट नै उतारचढाव देखियो । सरकारले विश्वासको मत लिने दिन १२ः ४० बजेसम्म शेयर बजार ६१ अंकले उकालो लागेको थियो ।

तर सरकारलाई विश्वासको मत दिने वा नदिने निर्णय पदाधिका बैठकबाट लिन नसकेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो। कार्यसम्पादन समितिले सरकारलाई विश्वासको मत दिने निर्णय लिएसँगै २५ मिनेटको अवधिमा शेयरबजार उच्च अंकले ओरालो लाग्यो । २२ सय १५ को आधार सूचकमा दिउँसो २ बजे नेप्से ३१ अंकले ओरालो लाग्यो ।

अन्तिम समयमा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुबाटै तलमाथि गरेको बजार अन्ततः २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ ।

आजको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । कारोबारमा २५४ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा ङ्यादी ग्रुप र अपी पावर कम्पनी अग्रस्थानमा छन् । सेयरको मूल्य वृद्धिका आधारमा भने बाराही हाइड्रोपावर र सिंगटी हाइड्रोपावर अगाडि छन् ।

विगत केही महिना वृद्धि हुन नसकेको नेप्से गत पुस १० गते नयाँ सरकार बनेसँगै बढ्न थालेको थियो । पछिल्लो समय निरन्तर बढेको बजार आज भने घटेको हो । सरकारले विश्वास मत पाउने आशामा शेयरबजार बढेको आंकलन गर्ने हो भने कांग्रेसले विश्वासको मत दिँदा शेयर सूचक थप उकालो लाग्नुपर्ने हो ।

तर निर्णय सार्वजनिक भएको केही समयमा नै लगानीकर्तामा अनिश्चिता देखियो । यही समयमा धेरै कारोबार भयो । अर्थात् नाफा बुक गरेर शेयर बिक्रीको चाप बढ्यो । तर विश्लेषकहरुले भने राजनीतिक कारणलेभन्दा लगानीकर्ता नाफा बुक गर्नतर्फ केन्द्रित हुँदा शेयरबजारमा केही ह्रास र उच्च कारोबार भएको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top