चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला

२८ पुस ७९, बिहीबार
Share this
772shares

२८ पुस, काठमाण्डौ ।

Advertisement

 चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो ।

बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।यसअघि, गत पुस २४ गते कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैंडा मृत भेटिएको थियो ।योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा ८ वटा गैंडा मृत भेटिएका छन् ।

Advertisement

यसैगरी, निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । निकुञ्जको नियमित गस्ती टोलिले बुधवार दिउँसो मृत बाघ फेला पारेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top