२८ पौष, एजेन्सी ।
५० हजार वर्ष अघि पृथ्वीबाट सौर्यमण्डलमा देखिएको पुच्छ्रेतारा फेरि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।
C/2022 E3 (ZTE) नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने र त्यस पश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने जनाइएको छ ।
नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवतारा नजिकै पुस अन्तिम सातादेखि माघ महिनाको दोस्रो साता सम्म सा“झ ७ बजे पछि अवलोकन गर्न सकिने जानकारी दिइएको छ । २ फेब्रुअरी मा यो पुच्छ्रेतारा पृथ्वीबाट ४२ करोड किमिको दुरीमा आइपुग्ने जनाइएको छ ।
हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि दक्ष्ँिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्ने समितिले जनाएको छ ।यद्यपि यसलाई नाङ्गो आँखाले अवलोकन गर्न नसकिने जनाइएको छ ।
समितिका अनुसार यसलाई हेर्न वाइनाकुलर तथा टेलिस्कोपको सहायता आवश्यक पर्नेछ । तर २ फेब्रुअरीपछि केही समयका लागि यसलाई खाली आँखाले पनि अवलोकन गर्न सकिने जनाइएको छ ।