Nepal Times
Nepal Times
72
Shares

पर्साको निसास्सिएर कोइला डिपोमा कार्यरत दुई भारतीय मजदुरको मृत्यु

पर्साको निसास्सिएर कोइला डिपोमा कार्यरत दुई भारतीय मजदुरको मृत्यु

२८ पौष,काठमाण्डौ ।

पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए ।

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन् ।पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुवै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.