दादुरा फैलिएपछि नेपालगञ्ज उपमहानगरद्धारा २ दिन सार्वजनिक विदा प्रदान

२८ पौष,काठमाण्डौ ।

बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ ।

नेपालगञ्जका ११३ र खजुराका २ जनागरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुरा भएकामध्ये दुई जनाको अस्पतालमा उपचार भैरहेको छ भने ५८ जनालाई होम आइसोलेसनमा राखिएको छ । अस्पताल र होम आइसोलेसनमा राखिएकासहित ६२ जना उपचाररत रहेको खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

Advertisement

दादुराका बिरामी बढ्न थालेपछि खोप अभियान सञ्चालन गरिएको छ । आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म १५ वटा खोप केन्द्रमा खोप अभियान सञ्चालन गरिएको खोप सुपरभाइजर श्रेष्ठले बताए । उनका अनुसार ८ वटा वडामा खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका १, ४, ५, ८, ११, १४ र १५ नम्बर वडामा दुई दुईवटा खोप केन्द्र सञ्चालन गरिएको छ भने ७ मा एउटा खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । पुस २२ गतेदेखि २७ गतेसम्म ७ हजार १६३ जनाले खोप लिएका छन् । जिल्लामा ७ हजार मात्रा दादुरा–रुबेला खोप भण्डार रहेको सुपरभाइजर श्रेष्ठले बताए ।

Advertisement

यस्तै आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट ३० हजार मात्रा दादुरा रुबेला खोप आइपुग्ने उनले बताए । उता नेपालगञ्ज उपहानगरपालिकाले दादुरा तथा रुबेला रोगको महामारी फैलन सक्ने सम्भावना देखिएको भन्दै दुई दिनकालागि सार्वजनिक विदा घोषणा गरेको छ ।

पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षालाई असर नपर्ने गरी सूचना प्रकाशित गरिएको उपसचिव गोर्खबहादुर थापाद्वाारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top