आज नेप्सेमा ४१ अंकको गिरावट

२७ पुस ७९, बिहीबार

२८ पौष,काठमाडौँ ।

पछिल्लो समय निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१ अङ्कको गिरावट आएको छ । कारोबार समयमा बढे पनि अन्तिम समयसम्ममा उच्च अङ्कको गिरावटसँगै नेप्से बन्द भएको हो । एकै दिनमा १.८७ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ४९ अङ्कमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने साढे ५ अर्ब हाराहारीको छ । आज १ करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस क्रममा जम्मा २१ वटा कम्पनीको सेयर बढ्दा १८४ कम्पनीको सेयर घटेको छ ।

Advertisement

पछिल्लो समय निरन्तर बढेको सेयर बजारमा नाफा बुक गर्न चाहने लगानीकर्ता बढ्दा बजार घटेको हो । आज पनि कारोबारको सुरुवाती समयमा बजार उच्च अङ्कले बढ्ने छाँट देखाएकोमा अन्तिम समयमा बेच्ने लगानीकर्ताहरूको चाप बढ्दा घटेको हो । यसअघि, नयाँ सरकार गठन भएसँगै १८ सय आसपास रुमल्लिइरहेको सेयर बजारले २२ सय अङ्क पार गरेको थियो ।

यस्तै, हिजो बुधवार चयन भएको बैंकर्स संघको नयाँ नेतृत्वले ब्याजदर घटाउने निर्णय गरेसँगै बजार बढ्ने अपेक्षा गरिएको थियो । तर, पुस मसान्तको चाप र बेच्न चाहने लगानीकर्ताको चापका कारण बजारले उच्च अङ्क गुमाएको हो । परिसूचक घटे पनि ४ वटा कम्पनीको सेयर मूल्य उच्च अङ्कले बढेको छ ।

Advertisement

कुमारी धन वृद्धि योजना, सिंगटी हाइड्रो इर्नजी, बाराही हाइड्रोपावर र एनआईबीएस समृद्धि फण्ड– २ को सेयर मूल्य उच्च अङ्कले बढेको हो । यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१८ प्रतिशतले घटेको छ । आज नेप्सेमा शिवम सिमेन्टको सेयर २२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top