ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

२८ पुस ७९, शुक्रबार

२९ पौष , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि अब सरकार विस्तारको तयारीमा लागेका छन् । यसैका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक छलफलमा जुटेका छन् । संविधानत अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिमण्डल बनाउन नमिल्ने भएपछि केहि राज्यमन्त्री थपेर सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउने प्रयास भइरहेको छ ।

सरकारमा सहभागी दलहरुमा मन्त्रीका आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न राज्यमन्त्री थपिन सक्ने बताइएको छ । अहिलेसम्म सरकारमा जाने निश्चित भएका दलहरूमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी छन् ।अहिलेसम्म राप्रपा र जसपा सरकारमा सहभागी नभएपनि अब सरकारमा जाने तयारीमा रहेका छन् ।

अहिलेसम्मको छलफलमा एमालेले १०, माओवादीले प्रधानमन्त्रीसहित ६, रास्वपाले ४, राप्रपा २, जसपा १, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक एक मन्त्रालय दिने गरि सहमति गर्न लागिएको छ । तर अहिले रास्वपाले ५ र राप्रपाले ३ मन्त्रालय मागिरहेकोले उनीहरुको माग पुरा गर्न एमाले र माओवादीबाट एक एक मन्त्रालय घट्नसक्ने बुझिएको छ ।

Advertisement

मोटामोटी यसमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सहमत भैसकेका छन् ।अहिले एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीका रूपमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रलायको जिम्मेवारीसहित सरकारमा छन् ।

त्यस्तै मन्त्रीहरूमा जनमत पार्टीबाट अब्दुल खान र एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले मन्त्रीको शपथ लिए पनि उनीहरूलाई अहिलेसम्म मन्त्रालय जिम्मेवारी दिइएको छैन । अब संभवत सोमबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

Advertisement

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।

अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् । यस्तै राप्रपाबाट उपप्रधान तथा उर्जामन्त्री बन्दै अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाने भएका छन् । अर्काे सत्तारुढ दल जसपाले भने सरकारमा जाने निर्णय गरिसकेको छैन् । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयासमा रहेको जसपा एकताकै कारण सरकारमा जानबाट बन्चित हुने देखिएको छ ।

नेकपा एसले एकताका लागि सरकारमा नजाने शर्त राखेको छ। उनीहरुले एकतालाई टुङग्याउन मोर्चा बनाउने तयारी समेत गरिसकेका छन् । जसपासँग एकता गरे राष्ट्रिय दल बन्ने राष्ट्रिय राजनीतिमा अझ शक्तिका साथ प्रभाव जमाउने योजनामा माधव नेपाल र उपेन्द्र यादव देखिएका छन् । अहिले जसपा राष्ट्रिय दल हो भने नेकपा एस समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउनबाट बन्चित भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top