कस्तो छ आजको मौसम ?

२८ पुस ७९, शुक्रबार

२९ पौष ,काठमाडौं ।

सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहनेछ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

Advertisement

महाशाखाका अनुसार शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहनेछ।सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौंसहित बागमती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाडौंसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको हो।

Advertisement

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको उनले बताइन्।मौसमविद महर्जनका अनुसार आज पनि काठमाडौंसहित पहाडी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ। तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ। यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ।

हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसो न्यानो हुनेछ।हिमपात तथा हल्का वर्षा र तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top