मार्टिनेज हर्कत अर्जेन्टिनालाई महँगो पर्याे

३० पौष,एजेन्सी ।
विश्वकप २०२२ को विजेता अर्जेन्टिनाले कतारमा भएको फाइनल खेलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ को आरोपमा अनुशासनात्मक कारबाही भोग्ने विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले जनाएको छ । उनीहरूलाई सम्भावित ‘खेलाडी र अधिकारीहरूको दुर्व्यहार’ गरिएको पनि उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यस्तै अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)लाई प्रतियोगिताको क्रममा मिडिया र मार्केटिङ नियमहरू उल्लङ्घको आरोप लगाइएको छ । फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना सन् १९८६ पछि पहिलोपटक विश्व च्याम्पियन बनेको हो ।

देशको प्रशिक्षण टोलीका कुन खेलाडी वा सदस्यहरूलाई अपराध गरेको अभियोग लगाइएको छ वा ती अपराधहरूबारे स्पष्ट उल्लेख गरिएको छैन । इंग्लिस क्लब एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजले खेलपछि आफ्नो गोलकिपर अफ द टूर्नामेंट ट्रफीसँग अभद्र व्यवहार गरेका थिए ।

Advertisement

ड्रेसिङ रुममा फ्रान्सका स्टार केलियन एमबाप्पेको समेत खिल्ली उडाएको तस्विर सार्वजनिक भएको थियो । फिफाले आफ्नो अनुशासनसंहिताको तीन सम्भावित उल्लङ्घनहरू पुष्टि गरेको छ । अनुच्छेद ११, जसले आपत्तिजनक व्यवहार र निष्पक्ष खेलका सिद्धान्तहरूको उल्लङ्घनलाई समेट्छ, धारा १२, जसले खेलाडी र अधिकारीहरूको दुर्व्यवहारलाई समेट्छ र धारा ४४ जसले मार्केटिङ नियमहरू समावेश गर्दछ।

सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको क्रोएसियामाथि भेदभावका साथै खेलमा व्यवस्था र सुरक्षाको सम्भावित उल्लंघनको पनि अनुसन्धान भइरहेको छ । यसैबीच, मेक्सिको र इक्वेडरलाई पनि विश्वकपमा समर्थकहरूले नारा लगाएकोमा सजाय दिइएको छ । मेक्सिकोलाई ८८ हजार पाउन्ड जरिवाना र बन्द रंगशालामा घरेलु लिग खेल्न आदेश दिइएको छ ।

Advertisement

यस्तै इक्वेडरलाई १७ हजार ६५० पाउन्ड जरिवाना र रंगशाला आंशिक रुपमा बन्द गरि खेलाउन आदेश दिइएको छ । त्यसैगरी, समूह ‘जी’ मा स्वीट्जरल्यान्डसँग ३–२ को हारपछि सर्वियन समर्थकले आफ्नो टोली र विपक्षी टोलीलाई दुर्व्यवहार गरेको आरोपमा सर्बियालाई ४४ हजार पाउन्ड जरिवानासँगै अब हुने अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला आंशिक रुपमा बन्द गरिने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top