क्यालिफोर्नियामा भयंकर आँधी, १७ जनाको मृत्यु

३० पौष,एजेन्सी ।
अमेरिकाको क्यालिफोर्निया शक्तिशाली आँधीको चपेटामा परेको छ । आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन्। यसका कारण हजारौ परिवार अन्धकारमा बस्न बाध्य बनेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ। आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै त्यहाँको राज्य सरकारले सावधानी अपनाउन सुझाएको छ। मध्य अलाबामामा कम्तिमा छ जनाको मृत्यु भएको छ भने जर्जियामा एक जनाको मृत्यु भएको छ । अर्कोतर्फ बिजुली नहुँदा हजारौंले समस्या भोग्नु परेको छ ।

सेल्माबाट करिब ६६ किलोमिटर उत्तरपूर्वमा रहेको अलाबामाको अटाउगा काउन्टीमा कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि भएको छ र आँधीले ४० देखि ५० घरमा क्षति पुगेको अनुमान गरिएको छ । आपतकालीन सेवा प्रबन्ध निर्देशक अर्नी ब्यागेटले कम्तिमा १२ जना गम्भीर घाइते भएको बताएका छन् । जसलाई आपतकालीन सेवाका कर्मचारीहरूले अस्पताल पुर्याएका थिए।

Advertisement

अहिले भग्नावशेष हटाउने काम भइरहेको छ । पावर आउटेज यूएसका अनुसार बिहीबार अलाबामामा करिब ४० हजार मानिसहरूले बिजुलीविना रात बिताएका थिए । जर्जियाका करिब ८६ हजार मानिस बिजुली अभावका कारण समस्यामा परेका छन् । गत वर्ष २०२२ को अन्त्यमा अमेरिकाले पनि भीषण हिम आँधीको सामना गर्नुपरेको थियो ।

यो आँधी कत्तिको खतरनाक थियो, यसको अनुमान अमेरिकामा ५० भन्दा बढी मानिसको ज्यान गएको तथ्यबाट गर्न सकिन्छ । हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो आँधीलाई अमेरिकामा गत शताब्दीमा सबैभन्दा खतरनाक आँधी मानिएको छ। यसअघि सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top