Nepal Times
Nepal Times
189
Shares

झापामा गोठमा बाँधेका २ राँगा चोर्ने भारतीय नागरिक पक्राउ

झापामा गोठमा बाँधेका २ राँगा चोर्ने भारतीय नागरिक पक्राउ

३० पौष,काठमाण्डौ ।

गोठमा बाँधी राखेको राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–४ का अमालो मियाँको गोठमा बाँधी राखेका २ वटा राँगा चोरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । गएको २६ गते राति साढे ११ बजे चोरी भएको थियो ।

त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गोदा नाम गरेका तीन जना व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका महमद नाजिरलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.