Nepal Times
Nepal Times
3
Shares

स्वास्थ्यमा समस्या आएपछि वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो

३० पौष, काठमाडौं ।

चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ।

उनी गत बुधबार रोल्पा पुगेका थिए।वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.