Nepal Times
Nepal Times
90
Shares

झापामा ट्याक्टरको ठक्करबाट ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु

३० पौष,काठमाडौं ।

झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।बाह्रदशी गाउँपालिका ६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा शनिबार दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।

प्र१-०१-००१ त ८९५९ नं। को इँटा लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेका पैदल यात्री पुर्णबहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खातीलाई ठक्कर दिएको हो।ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।घटनास्थलमा ईप्रका अनारमनिबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ।पाँचथर हिलिहाङ गाउँपालिका ३ बस्ने २६ वर्षीय विवेक मेनेङ्बो लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.