विमान दुर्घटनामा सबै शव भेटियो,आफन्तलाई बुझाईदै

२ माघ, काठमाण्डौ ।
पोखरामा आइतबार दुर्घटनाग्रस्त बनेको यति एअरलाइन्सको विमानका चार जना बेपत्ता यात्रुको शव फेला परेको छ। आइतबार साँझसम्म खोजी गर्दा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको थियो। राति परिसकेकाले चार जना अज्ञात थिए।

तर, सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोरको र रेस्क्यू टिमले चारवटा शव फेला पारेको हो। फेला परेका शव गण्डकी अस्पताल पठाइएको छ। चालकदलका चार जना र ६८ यात्रु उक्त विमानमा थिए। जसमा १५ जना विदेशी र ५३ जना नेपाली यात्रु थिए।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताएका छन् ।

Advertisement

शव जिम्मा लगाउनका लागि शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशीको शव काठमाडौं पठाइँदै छ । यो दर्दनाक दुर्घटनामा परी पर्वतका मात्रै १० जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ ।

दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो ।

Advertisement

त्यसैगरी दुर्घटनामा मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्माको मृत्यु भएको छ । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरू यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्न गएका थिए । नेपालको आन्तरिक उडानमा अहिलेसम्मकै सबैभन्दा भयानक ठूलो मानविय क्षति भएको यो विमान दुर्घटना कसरी भयो भन्ने यकिन तथ्य आइसकेको छैन ।

यकिन कारण पत्ता लगाउन आइतबारै मन्त्रिपरिषद्ले पूर्वसचिव नगेन्द्र घिमिरे नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । आइतबार पोखराको मौसम भने सफा रहेको थियो । जहाजमा फ्लाइट डाटा रेकर्डर (एफडीआर) र पाइलटहरूले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) हुन्छ । खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानका दुवै उपकरण सुरक्षाकर्मीले भेट्टाइसकेका छन ।

अब छिटै नै दुर्घटनाको कारण पनि पत्ता लाग्न सक्ने अधिकारीहरु बताउँछन् । यसैबीच आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक उडानहरु बन्द भएका छन् । भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिएका छन् ।

काठमाडौंमा भने आएफआर प्रणालीबाट उडान अवतरण भइरहेको छ। यति एयरलाइन्सले भने आज सबै उडान रद्द गरेको छ । आज सरकारले शोक विदा पनि दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top