विमान दुर्घटना : मृतकका परिवारले बीमा रकम कति पाउँछन् ?

१ माघ ७९, सोमबार

२ माघ, काठमाण्डौ ।

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

Advertisement

सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन् । सदस्यहरुमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् ।

आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

Advertisement

यसैबीच दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो । हराइरहेका ४ जनाको खोजी जारी छ । कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

शवको पहिचान गरेर पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइने कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छन् । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको केसीले बताएका छन् । आइतबार विमान दुर्घटनामा परेका मृतकका परिवारले २० हजार अमेरिकी डलर बीमाबापत पाउनेछन् ।

नेपालमा हाल आन्तरिक उडान वार्सा महासन्धि र हेग प्रोटोकल अन्तर्गत रहेको छ । यसले आन्तरिक उडानमा मृत्यु भएका परिवारले बीमाबापत २० हजार अमेरिकी डलर पाउनेछन् । यसअन्तर्गत आइतबार उक्त जहाजमा मृत्यु भएकाको परिवारका सदस्यले सोही दिनको विनिमय दर अन्तर्गत १ अमेरिकी डलर बराबर १२९.४६ को २५ लाख ८९ हजार ६०० रुपैयाँ बीमा रकम पाउनेछन् ।

यस्तै चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ । चालक दलका सदस्यका परिवारले ५१ लाख ७८ हजार ४०० रुपैयाँ बीमा बापतको रकम प्राप्त गर्नेछन् । यता बीमा प्राधिकरणले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको बताएको छ । राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा अध्यक्ष सूर्य सिलवालले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top