विराटनगर,भदौ १२
विराटनगर पाञ्चालीस्थित काशादेई मन्टेश्वरी चिल्ड्रेन हाउसले मंगलबार बालबालिकाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गराएको छ । न्यूरो अस्पताल विराटनगरका विशेषशज्ञ चिकित्सकहरुलाई चिल्ड्रेन हाउसमै लगेर बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गराइएको हो ।
मन्टेश्वरीमा रहेका जम्मा ५९ जना बालबालिकाहरु मध्ये आज २५ जनाको चेकजाँच गराईएको र बाँकी रहेकाहरुको बुधबार चेकजाँच गराइने चिल्ड्रेन हाउसकी प्रिन्सिपल पवित्रा तामाङले जानकारी दिइन् । चेकजाँचका क्रममा सामान्य प्रकृतिको औषधि विद्यालयले उपलब्ध गराएपनि रगत जाँच तथा अरु औषधिको आवश्यकता परे सम्बन्धित अभिभावकले नै बहन गर्नुपर्ने तामाङले बताइन् । उक्त मन्टेश्वरीले बालबालिकाको क्षमता अभिवृद्धिकालागि अध्ययनका अलावा समय सापेक्ष विभिन्न अतिरिक्त क्रियाकलापहरुसमेत गराउँदै आएको छ ।
यसैबीच हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा मन्टेश्वरीले यहि भाद्र १८ गते महिला अभिभावकहरुको उपस्थितीमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । अभिभावकहरुबीच पनि एकआपसमा मित्रता बढाउने र सम्बन्ध प्रगाढ बनाउनकालागि तीज विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्टेश्वरीकी शिक्षिका मेनल श्रेष्ठले जानकारी दिइन् ।