खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिर्वाय लिनुपर्ने

११ भदौ ७५, मंगलबार

काठमाडौं,भदौ १२
बहु चर्चित मेलम्ची खानेपानी आयोजना तथा अन्य खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य रुपमा लिनु पर्ने भएको छ । ‘नेपालको संविधान २०७२’ को मौलिक हक अन्र्तगत धारा ३५ उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ । सोहि व्यवस्था अनुसार नागरिकले पिउने पानी स्वच्छ रहेको सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्ह अनिर्वाय गर्न भनिएको हो ।

मंगलबार बसेको संसद विकास समितिको बैठकले खानेपानी मन्त्रालायलाई यस्तो निर्देशन दिएको हो । अब उपत्यकामा वितरण गरिने भनिएको बहुप्रतिक्षित मेलम्चीको पानीले समेत नेपाल गुणस्तर चिन्ह लिनु पर्ने छ ।संसदको बैठकमा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नगरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वार्षिक १ खर्ब बजेट आवश्यक पर्ने तर अहिले ३४ अर्बमा काम गरिरहनु परेको गुनासो पोखेकी थिइन् ।

खानेपानीले गुणस्तर चिन्ह लिनका लागि आफैं प्रक्रिया सुरु गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । “हामीलाई पानीको गुणस्तर अनुगमन गर्ने अधिकार छैन तर गुणस्तर चिन्न लिन चाहेमा संस्थान तथा कम्पनीले लिन सक्नेछन्, महानिर्देशक पुडासैनीले भने तर हामीले बेला बेला गुणस्तर चेक जाँच गरी सहयोग भने गर्ने गरेका छौं ।”
(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top