×

NEPAL TIMES UPDATES

Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026

देशभरका इँटा उद्योगी विराटनगरमा भेला हुँदै

१२ भाद्र २०७५

विराटनगर,भदौ १२
नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशन विराटनगरमा हुने भएको छ । राजधानी बाहिर पहिलोपटक विराटनगरमा राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने आज विराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भदौ १४ गतेदेखि सुरु हुन लागेको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधिको सहभागिता रहनेछ । कोशी अञ्चल इँटा व्यवसायी संघले विराटनगरमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

संघका अध्यक्ष महेन्द्र साहले महाधिवेशनमा एक अध्यक्ष सहित दुई उपाध्यक्ष, तिन सचिव, कोषाध्यक्ष र प्रादेशिक संरचनाअनुसार सातटा प्रदेशमध्ये ६ वटा प्रदेशमा संयोजक चयन हुने जानकारी दिए । यसैगरी महाधिवेशनबाट सात जना सदस्य निर्वाचन हुने र ५ जना मनोनित गर्ने व्यवस्था छ । महाधिवेशनमा काँचो इटाको विमा, शिक्षा, स्वास्थ्य तथा उद्योगको वातावरणको विषयमा छलफल हुनेछ ।

Advertisement
Advertisement

थप एजेन्डाका विषयमा महाधिवेशनको अघिल्लो दिन भदौ १३ गते छलफल हुने जनाइएको छ । महाधिवेशनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । नेपालमा १ हजारभन्दा बढी इँटा उद्योग छन् । त्यसमध्ये ८ सय उद्योग संघमा दर्ता छन् । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्य मुरारी रेग्मीले मुलुुकभर २ लाख ४० हजार मजदुर इँटा उद्योगमा कार्यरत रहेको र उद्योगले वार्षिक नेपाल सरकारलाई ७० करोडभन्दा बढी कर तिर्ने गरेको बताए ।

Advertisement
Advertisement

वार्षिक ६ महिना सञ्चालन हुने उद्योगलाई राज्यले सहयोग नगरेको उद्योगीहरुको गुनासो छ । उद्योगका विकास तथा प्रादेशिक संरचनाअनुसार उद्योगलाई कसरी अगाडि बढाउने विषयमा समेत महाधिवेशनमा व्यापक छलफल हुने रेग्मीले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top