Nepal Times
Nepal Times
225
Shares

कैद भुक्तानको अन्तिम समयमा अभिषेक गिरीको सरुवा

कैद भुक्तानको अन्तिम समयमा अभिषेक गिरीको सरुवा

२ माघ, विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका कैदी (चौकीदार) अभिषेक गिरीलाई मकवानपुरस्थित कारागार स्थानान्तरण गरिने भएको छ ।

गिरीलाई मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गर्ने गरी विराटनगर कारागारमा पत्राचार भएको बताइएको छ । उनलाई गृह मन्त्रालयको निर्देशनमा सरुवा गरिएको कारागार स्रोतले जनाएको छ ।

गिरी स्वयंले पनि मोरंग कारागारमा आफ्नो समय अझै बाँकी भएपनि राजनीतिक चासोका कारण स्थानान्तरण गरिएको बताएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार गिरीको सरुवाका लागि तयारी गर्न कारागारलाई निर्देशनसमेत दिइसकिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले पनि गिरीलाई मोरङ कारागारबाट भीमफेदी सरुवा गर्न पत्राचार भएको बताएका छन् ।

सोमबार नै गिरीको सरुवा गर्ने भनिएता पनि सार्वजनिक बिदाका कारण गिरीको सरुवा प्रक्रिया अघि बढाउन नसकेको मोरङ कारागारले जनाएको छ ।

कारागारका निमित्त जेलर तुलसीराम भगतले कार्यालय खुलेपछि प्रक्रिया पूरा गर्दै स्थानान्तरण गरिने जानकारी दिएका छन् ।

गिरीले भने मोरंग कारागारमा राजनीति हुने गरेको भन्दै आफूले कैद भुक्तान गर्न अब मात्रै केही महिना बाँकी रहेको अवस्थामा स्थानान्तरण गरिनु आफूलाई दुःख दिने नियत मात्रै भएको बताएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरी २०७८ मंसिर ९ गते मोरङ कारागार सरुवा भएर आएका थिए । उनलाई डिल्ली बजार कारागारबाट स्थानान्तरण गरिएको थियो । उनलाई त्यसअघि २०७४ मा मोरङबाटै डिल्लीबजार स्थानान्तरण गरिएको थियो ।

गिरीलाई २०७१ साउनमा महानगरीय प्रहरी परिसर ललितपुरले अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.